पटक, पटक
भविष्यले ठगेको मनुवा म
मलाई वर्तमानको भुतले, भगवान मान्छ
आँफुले आँफुलाई त ! चिन्न खोज्दा नचिने जस्तो गरेर
भुतसंग साइनो गास्न खोज्ने, म मनुवालाई
भुत र भविष्य बीचको बिजेताको खोजी छ
भविष्यलाई बारम्बार, पटक पटक
माया गर्न खोज्दा पनि,
भुतको गल्तीहरुलाई भगवान मानेर अपनाउन खोज्दा पनि,
जहिल्यै भरपर्दो मानिसहरु प्रतिको विश्वासले नै वर्तमानको डुङ्गा चलाउन खोज्दा पनि
जीवन नै उथलपुथल, त्यो भयङ्कर बाढीले, मेरो भुत, वर्तमान र भविष्य, सबै डुबायो।
बिजेताको आशा भएको भए
पौडी खेल्न पाएको भए
डुबेर पनि बाँच्ने थिएँ, जस्तो लाग्छ।
Comments
Post a Comment