यसपाली हावा सुख्खा छ, मुख सुख्खा छन्।
पहिरो-मा बाढी छ, जमिन सुख्खा छन्।
बालीमा आशा छ, राता नाली छन्।
सबै हातमा ताली छन्, मुस्कान मुखको खाली छ।
यसपाली रातो टिका लगाएर,जमरा सिउरेर, आशिर्वाद लिँदा,
आशा छ, आशिष लागेको मुखहरुमा, मुस्कानले हरेक अनुहार धपक्क बल्नेछन्।
उज्यालो त्यो भविष्यलाई, नयाँ सुनौलो बालाले फरर फरफराउने छन्।
अर्कोपाली हावा फेरी वेगले चल्नेछ, परिवर्तन शितलता, शान्तिको दिप बल्नेछ।
बाढीले पहिरो बगाए पनि, जमिनको सुन लहलहाउने छ ।
नयाँ त्यो ज्योति, नयाँ त्यो नेपाल
हरेक नेपालीले पाउनेछ।
नयाँ त्यो ज्योति, नयाँ त्यो नेपाल
हरेक नेपालीले बनाउनेछ।।
Based on Real Hope
- By D.Rz

Comments
Post a Comment