Skip to main content

Posts

Showing posts from September, 2025

नयाँ नेपाल

  यसपाली हावा सुख्खा छ, मुख सुख्खा छन्।  पहिरो-मा बाढी छ, जमिन सुख्खा छन्।    बालीमा आशा छ, राता नाली छन्।  सबै हातमा ताली छन्, मुस्कान मुखको खाली छ।  यसपाली रातो टिका लगाएर,जमरा सिउरेर, आशिर्वाद लिँदा, आशा छ, आशिष लागेको मुखहरुमा, मुस्कानले हरेक अनुहार धपक्क बल्नेछन्।  उज्यालो त्यो भविष्यलाई, नयाँ सुनौलो बालाले फरर फरफराउने छन्।  अर्कोपाली हावा फेरी वेगले चल्नेछ, परिवर्तन शितलता, शान्तिको दिप बल्नेछ।  बाढीले पहिरो बगाए पनि, जमिनको सुन लहलहाउने छ । नयाँ त्यो ज्योति, नयाँ त्यो नेपाल  हरेक नेपालीले पाउनेछ  हरेक नेपालीले बनाउनेछ।

म जसरी म हुँ! (The way I Am, Me.)

बारम्बार अनि बारम्बार  पटक, पटक  भविष्यले ठगेको मनुवा म मलाई वर्तमानको भुतले, भगवान मान्छ  आँफुले आँफुलाई त ! चिन्न खोज्दा नचिने जस्तो गरेर  भुतसंग साइनो गास्न खोज्ने, म मनुवालाई  भुत र भविष्य बीचको बिजेताको खोजी छ  भविष्यलाई बारम्बार, पटक पटक  माया गर्न खोज्दा पनि, भुतको गल्तीहरुलाई भगवान मानेर अपनाउन खोज्दा पनि, जहिल्यै भरपर्दो मानिसहरु प्रतिको विश्वासले नै वर्तमानको डुङ्गा चलाउन खोज्दा पनि जीवन नै उथलपुथल, त्यो भयङ्कर बाढीले, मेरो भुत, वर्तमान र भविष्य, सबै डुबायो।  बिजेताको आशा भएको भए  पौडी खेल्न पाएको भए  डुबेर पनि बाँच्ने थिएँ, जस्तो लाग्छ।