Skip to main content

Posts

Showing posts from 2025

नयाँ नेपाल (New Nepal)

  यसपाली हावा सुख्खा छ, मुख सुख्खा छन्।  पहिरो-मा बाढी छ, जमिन सुख्खा छन्।    बालीमा आशा छ, राता नाली छन्।  सबै हातमा ताली छन्, मुस्कान मुखको खाली छ।  यसपाली रातो टिका लगाएर,जमरा सिउरेर, आशिर्वाद लिँदा, आशा छ, आशिष लागेको मुखहरुमा, मुस्कानले हरेक अनुहार धपक्क बल्नेछन्।  उज्यालो त्यो भविष्यलाई, नयाँ सुनौलो बालाले फरर फरफराउने छन्।  अर्कोपाली हावा फेरी वेगले चल्नेछ, परिवर्तन शितलता, शान्तिको दिप बल्नेछ।  बाढीले पहिरो बगाए पनि, जमिनको सुन लहलहाउने छ । नयाँ त्यो ज्योति, नयाँ त्यो नेपाल  हरेक नेपालीले पाउनेछ।  नयाँ त्यो ज्योति, नयाँ त्यो नेपाल  हरेक नेपालीले बनाउनेछ।।                                                                                                         ...

म जसरी म हुँ! (The way I Am, Me.)

म जसरी, म हुँ !  बारम्बार अनि बारम्बार  पटक, पटक  भविष्यले ठगेको मनुवा म मलाई वर्तमानको भुतले, भगवान मान्छ  आँफुले आँफुलाई त, चिन्न खोज्दा नचिने जस्तो गरेर  भुतसँग साइनो गाँस्न खोज्ने, म मनुवालाई  भुत र भविष्य बीचको बिजेताको खोजी छ  भविष्यलाई बारम्बार, पटक पटक  माया गर्न खोज्दा पनि, भुतको गल्तीहरुलाई भगवान मानेर अपनाउन खोज्दा पनि, जहिल्यै, भरपर्दो मानिसहरु प्रतिको विश्वासले नै वर्तमानको डुङ्गा चलाउन खोज्दा पनि, जीवन नै उथलपुथल, त्यो भयङ्कर बाढीले, मेरो भुत, वर्तमान र भविष्य, सबै डुबायो।    पौडन मात्र पनि, पाएको भए  बिजेताको को हो, मेसो पाएको भए म जसरी म हुँ,  हुन पाएको भए डुबेर पनि म, बाँच्ने थिएँ, जस्तो लाग्छ।  Based on a true story  - BY D.Rz English Translation  The way I Am, Me Again, and again — Time after time. I, the human deceived by the future... Find myself worshipped as a god — by the ghost of the present. When I try to know myself, I fail — as if I’m a stranger to my own reflection. I, who tries to bo...